+
+

ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौं, अब जित्नुपर्छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १६:५९

२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब ओलम्पिकमा पनि नेपाली खेलाडीले जित्नुपर्ने बताएका छन् । नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ? भन्दै उनले अब जितका लागि नै खेल्नुपर्ने बताएका हुन् ।

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको तेस्रो बैठक उद्घाटन गर्दै प्रधानमन्त्रीले भने,‘ हामीले रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौं । हामीले ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौं, अब जित्नुपर्छ ।’

उत्कृष्ट र प्रतिस्पर्धी रुपमा खेलेमा नपालीलाई जीतका लागि केहीले पनि रोक्न नसक्ने उनको दाबी थियो । सरकारले खेल क्षेत्रको विकासका लागि गच्छेले भ्याएसम्म काम गर्ने भन्दै प्रधानमन्त्रीले कीर्तिपुरको रंगशालालाई स्तनोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण भएको बताए ।

उाले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न समेत खेलाडीहरुलाई आग्रह गरे । अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिए ।

‘खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन,’ उनले भने,‘यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने पनि बताए । समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मल्याइरहेको भन्दै उनले सत्यका पक्षमा प्रस्तुत हुन आग्रह गरे ।

समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?