+

यू-२० भलिबलका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

२०८१ भदौ  २ गते १७:०० २०८१ भदौ २ गते १७:००
यू-२० भलिबलका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

२ भदौ, काठमाडौं। यू–२० भलिबल च्याम्पियनसीपका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल भलिबल संघका अनुसार कोशीबाट अभिषेक थापा, मधेशबाट शैलेन्द्र यादव, बाग्मतीबाट सुजन सुनार र गण्डकीबाट सरोज बर्देवा, सूर्य विक, विश्वास अधिकारी, सुक्सन थापा, सौरभ फुन्जेली र जितबहादुर सार्की बन्द प्रशिक्षणमा बोलाइएको छ ।

लुम्बिनीबाट लेसमन राहादी, रेशम विक, सागर रसौली र दिपेश कुँवर, कर्णालीबाठ पहल गहतराज तथा सुदूरपश्चिमबाट सुनिल बाहोरा, सुरेश मल्ल अर्जुन नेपाली र अशोक राना छन् ।

८ भदौबाट बन्द प्रशिक्षण सुरु हुनेछ । सेन्ट्रल एसियन भलिबल एशोसिएसनले आयोजना गर्ने यू–२० भलिबल च्याम्पियनसीप अक्टोबर ३ देखि ९ सम्म कोलम्बोमा हुनेछ ।

यू-२० भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय