+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १७:१२

२ भदौ, काठमाडौं । आइतबार कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको मात्रै ३५.८ प्रतिशत हिस्सा छ ।

आइतबार उच्च कारोबार गरेका टप १० ब्रोकर कम्पनीमध्ये ५ वटाको १–१ अर्बमाथिको खरिद छ भने ६ वटाको १–१ अर्बमाथिको बिक्री छ । ६ वटा कम्पनीमार्फत बिक्री धेरै भएको छ भने ४ वटामार्फत खरिद धेरै छ ।

नासा, सनी, दिपशिखा र लिन्च स्टक मार्केटमार्फत खरिद धेरै देखिन्छ । त्यस्तै इम्पेरियल, भिजन, आर्यतारा, अनलाइन, डायनामिक र कोहिनुरमार्फत बिक्री धेरै भएको छ ।

रकमका आधारमा टप १० ब्रोकर कम्पनीले कुल १० अर्ब ३८ करोडको खरिद गर्दा १० अर्ब २७ करोडको बिक्री गरेका छन् । यी टप १० ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री रकम ११ करोडले कमी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?