+

मधुमेह भएकी महिला आईभीएफ मार्फत गर्भवती हुनसक्छिन् ?

२०८१ भदौ  २ गते १७:२२ २०८१ भदौ २ गते १७:२२
मधुमेह भएकी महिला आईभीएफ मार्फत गर्भवती हुनसक्छिन् ?

खराब खानपान, जीवनशैली वा तनावका कारण मधुमेह लाग्न सक्छ । यस बाहेक यो वंशाणुगत कारण पनि हुन्छ । यस्तो अवस्थामा रगतमा चिनीको मात्रा बढ्छ, जसकारण विभिन्न स्वास्थ्य समस्या हुन थाल्छ ।

अहिले धेरैजसो मानिस मधुमेहबाट ग्रसित छन् । जब शरीरमा इन्सुलिन हर्मोन पर्याप्त मात्रामा उत्पादन हुँदैन वा इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन भने यस्तो अवस्थामा ग्लुकोजको मात्रा बढ्छ । यसलाई मधुमेह भनिन्छ । यसका कारण केन्द्रीय स्नायु प्रणाली, मिर्गौला आदिमा प्रतिकूल असर पर्न सक्छ ।

यति मात्र होइन, मधुमेहले प्रजनन् क्षमतामा पनि असर गर्छ । यस्तो अवस्थामा मधुमेहबाट पीडित महिलालाई गर्भधारण गर्न गाह्रो हुन्छ । त्यसपछि जब उनीहरूले स्वाभाविक रूपमा बच्चा जन्माउन सक्दैनन्, धेरै जोडीहरूले आईभीएफ (कृत्रिम गर्भाधान) को सहारा लिनुपर्ने हुन्छ । तर के मधुमेहबाट पीडित महिलाले गर्भधारणका लागि आईभीएफ अनिवार्य नै छ । मधुमेह भएका महिलाहरूमा आईभीएफको सफलता दर कति छ ?

मधुमेहले प्रजनन क्षमतालाई असर गर्छ ?

मधुमेहले समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । मधुमेह पनि बाँझोपनको प्रमुख कारण हो । खास गरी महिलाको कुरा गर्ने हो भने मधुमेहका कारण उनीहरूको महिनावारी गडबड हुन थाल्छ, जसकारण महिलालाई गर्भधारण गर्न कठिनाइ हुनसक्छ ।

मधुमेह भएका महिला आईभीएफ मार्फत गर्भवती हुनसक्छन् ?

यदि कुनै महिलालाई मधुमेह छ र प्राकृतिक रुपमा गर्भधारण भइरहेको छैन भने यस्तो अवस्थामा आईभीएफ गर्न सकिन्छ । मधुमेहबाट पीडित महिलाका लागि आईभीएफ एक वरदान जस्तै भएको छ ।

जब मधुमेहबाट पीडित महिलाका लागि आईभीएफ गरिन्छ । यसका लागि प्रक्रिया सामान्य नै हुन्छ । यसमा डिम्ब र शुक्रकीटबीच प्रयोगशालामा निषेचन गराएर भ्रूण बनाइन्छ । यो भ्रूणपछि पाठेघरमा स्थानान्तरण गरिन्छ र केही दिनपछि गर्भावस्था परीक्षण गरिन्छ ।

मधुमेह भएका महिलामा आईभीएफको सफलता दर कति छ ?

मधुमेहबाट पीडित महिलामा आईभीएफ सफल हुनसक्छ । तर यसको सफलताको दर पूर्णतया प्रभावित महिलाको मधुमेह नियन्त्रणमा छ कि छैन, स्वास्थ्य र खानपानमा निर्भर हुन्छ । त्यसैले यदि कसैलाई मधुमेह छ र आईभीएफलाई सफल बनाउनु छ भने चिकित्सकले दिएका सबै निर्देशन पालना गर्नुपर्छ । यदि सुगरको मात्रा बढी छ भने यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ ।

मधुमेह भएका महिलाले ईभीएफ गर्दा के गर्नुपर्छ ?

– समय-समयमा आफ्नो रगतमा सुगर लेबल कति छ भनेर जाँच गरिरहनुपर्छ ।

– सुगरको मात्रा नियन्त्रणमा राख्न स्वास्थ्य र सन्तुलित आहार खानुपर्छ ।

– मधुमेहका कारण हुने समस्याबाट बच्न समय-समयमा सम्पूर्ण स्वास्थ्य जाँच पनि गर्नुपर्छ ।

– टाइप-२ मधुमेह भएका महिलाले इन्सुलिन लिइरहनुपर्छ ।

मधुमेह भएका महिलाले ईभीएफ गर्दा के गर्नु हुँदैन ?

– मधुमेह भएका महिलाले तनाव लिनु हुँदैन । तनावले ब्लड सुगरलाई बढाउन सक्छ ।

– धुम्रपान र मदिरा सेवनबाट बच्नुपर्छ ।

– मधुमेहका औषधिहरू छाड्नु हुँदैन ।

– फास्टफुड र प्रशोधित खाना खानु हुँदैन ।

– मधुमेह भएका महिलाले यी सावधानी अपनाउनुपर्छ ।

– खानपानमा विशेष ध्यान दिनुपर्छ ।

– दैनिक हल्का व्यायाम र योग गर्न सकिन्छ ।

– ध्यान र प्राणायाम गर्न सकिन्छ ।

– आईभीएफ प्रक्रियाको क्रममा डाक्टरले भनेका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।

– रगतमा सुगरको मात्रा नियन्त्रणमा राख्ने प्रयास गर्ने ।

– चिकित्सकले बोलाएको समयमा फलोअपको लागि अस्पताल जानुपर्छ ।

आईभीएफ डा. सचिनकुमार यादव मधुमेह
लेखक
डा. सचिनकुमार यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?