+
+

रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १७:४५

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुला भएको छ । उक्त अभिनय रियालिटी शोमा भाग लिन इच्छुकले दुई मिनेटसम्मको प्रस्तुति भिडियो भदौ ३१ गतेभित्रमा पठाउन सक्ने निर्माता कम्पनी महक मिडिया नेटवर्क प्रालिले जनाएको छ ।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशक, जज र प्रसारण हुने टिभी च्यानल भने केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।

डिजिटल अडिसनको भिडियो इमेल तथा ह्वाट्सएप तथा भाइबर नम्बर ९७६७९८३३१० मा पठाउन सकिने जनाइएको छ । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?