+
+

सूर्यदर्शन सहकारीका पूर्वसचिव दक्षिणकालीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १७:४६

२ भदौ, काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वसचिव समेत रहेका ४८ वर्षीय अनुज नकर्मी छन् । उनलाई शुक्रबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको हो । पक्राउ परेका नकर्मीलाई आज आइतबार कास्की अदालतमा उस्थित गराइएको थियो ।

उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान हुने भन्ने आदेश आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?