+
+

एआईबाट भिडियो बनाएर नेताहरुको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १८:१३

२ भदौ, काठमाडौं । आर्टिफिसियल इन्टलिजेन्स (एआई) प्रयोग गरेर भिडियो बनाउँदै नेताहरुको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार, पक्राउ पर्नेमा बाजुराको खप्तड छडदह गाउँपालिका–५ स्थायी घर भएका २२ वर्षीया रमेशबहादुर रावल छन् ।

अनुसन्धानबाट संलग्नता खुलेपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइएको अर्यालले बताए । उनका अनुसार, रावलको साथबाट भिडियो बनाउन प्रयोग भएको मोबाइल र ल्यापटप पनि बरामद भएको छ ।

उनी भन्छन्, ‘मोबाइलमा विभिन्न नेताहरुको एआईमार्फत भिडियो बनाएर फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा हालेको पाइएको छ ।’

फेसबुकमा एआई भिडियो हालेर आफ्नो चरित्र हत्या गरिएको भन्दै काठमाडौं महानगरपालिकाकी उपमयेर सुनिता डंगोलले चार दिनअघि साइबर ब्यूरोमा अनुसन्धान गर्न भन्दै निवेदन दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी रावलसम्म पुगेको थियो ।

उनलाई पक्राउ गरेर मोबाइल जाँच गर्दा रावलले अन्य नेताहरुको पनि उस्तै प्रकृतिको भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने गरेको भेटिएको अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?