+
+

सडक यातायातको प्रत्यक्ष जानकारी भौतिकमन्त्रीले कार्यकक्षमै पाउने प्रणाली जडान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १८:२२
फाइल तस्वीर

२ भदौ, काठमाडौं । सडक यातायातको प्रत्यक्ष जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले कार्यकक्षबाटै लिन सक्ने गरी प्रणाली जडान गरिएको छ ।

मन्त्री देवेन्द्र दाहालले पद बहाली गरेको एक महिनाको उपलब्धि सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् ।

उनका अनुसार वर्षातका कारण अवरुद्ध हुने सडकको प्रत्यक्ष जानकारी मन्त्रीको कार्यकक्षबाटै हुने गरी ‘रोड क्लोजर अपडेट सिस्टम’ जडान गरिएको हो ।

वर्षाको समयमा राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी व्यवस्था गरिएको भन्दै मन्त्री दाहालले अवरोध भए पनि विशेष अवस्थामा बाहेक बढीमा दुई घण्टाभित्र अवरोध हटाइ सुचारु गर्ने व्यवस्था मिलाइएको बताएका छन् । उनका अनुसार विभिन्न सडक खण्डमा १ सय ३५ यान्त्रिक उपकरण तैनाथ छ ।

६ हजार किलोमिटर सडकका खाल्डा पुरिँदै

देशभरि ६ हजार किलोमिटरभन्दा धेरै सडकलाई खाल्डाखुल्डी रहित बनाउन सबै सडक डिभिजन कार्यालयबाट बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको भौतिक मन्त्रालयले जनाएको छ ।

निर्माणाधीन बाहेक प्रमुख राजमार्गमा पहिलो चरणको पटके मर्मत काम भने सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

आयोजनाको काम गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि निर्माणाधीन सडक तथा पुलको अवस्था अनुगमन गरी आवश्यक निर्देशन दिइएको समेत उनले बताए ।

मन्त्रालय मातहत रुग्ण ठेक्का अध्ययन गरी एक महिनाभित्र मन्त्रालयमा पेस गर्न सहसचिव अर्जुनप्रसाद अर्यालको संयोजकत्वमा समिति गठन भएको समेत मन्त्री दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?