+
+

बीएण्डसीलाई सम्बन्धन दिने फैसला खारेजीको माग गर्दै डा. केसीले दिए सर्वोच्चमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १८:२४

२ भदौं, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला सच्याउनुपर्ने माग राखेर डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।

आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डा. केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् ।

उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने आदेश खारेज हुनुपर्ने माग राखेका छन् ।

अदालतबाट भएको आदेश वा फैसला चित्त नबुझ्ने पक्षले त्यसलाई बदर गर्न माग राखी निवेदन दिन पाउँछ । त्यसका लागि निवेदन दिने व्यक्ति सरोकारवाला हुनुपर्नेछ ।

बीएण्डसी मेडिकल कलेजले दुई पटक सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो र पछिल्लो रिटनिवेदनको सुनुवाईपछि सर्वोच्च अदालतबाट सम्बन्धन दिनु भनी आदेश भएको हो ।

दुवै रिट निवेदनमा डा. गोविन्द केसीलाई विपक्षी बनाइएको छैन। बरु उक्त मुद्दामा आफ्नो पनि सरोकार रहेको भन्दै शशी विक्रम कार्कीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

रिट निवेदनको पक्ष/विपक्षसँग प्रत्यक्ष रुपमा नजोडिएका डा. केसीले फैसला त्रुटीपूर्ण भएको भन्दै आइतबार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका हुन् । पुनरावलोकनको निवेदन दर्ता गर्न उनी आफै अदालत पुगेका थिए ।

डा. केसीले पेश गरेको निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्ने वा नगर्ने भनी निर्णय गर्छ । दर्ता गर्ने निर्णय भएमा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले फैसलाको पुनरावलोकनका लागि अनुमती दिने वा नदिने भनी निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?