+
+

६ प्रतिशत बढ्यो रोपाइँ, धान उत्पादन बढ्ने 

साउन सकिँदासम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रफलको ९८.४ प्रतिशतमा धान रोपिएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ लाख ९ हजार ९५ हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७७ हजार २ सय १६ हेक्टरमा सकिएको हो । 

अमृत चिमरिया अमृत चिमरिया
२०८१ भदौ २ गते १८:५७
फाइल तस्वीर

२ भदौ, काठमाडौं । यो वर्षको धान रोपाइँ लगभग सकिएको छ । कृषि मन्त्रालयका अनुसार देशभरि २ भदौसम्म रोपाइँ करिब सकिएको छ ।

साउन सकिँदासम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रफलको ९८.४ प्रतिशतमा धान रोपिएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ लाख ९ हजार ९५ हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७७ हजार २ सय १६ हेक्टरमा सकिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार कोसी प्रदेश बाहेक सबै प्रदेशमा रोपाइँ सकिएको हो । केसीका अनुसार गत वर्षभन्दा यो वर्ष ६ प्रतिशतले रोपाइँ बढेको छ । १ भदौसम्म गत वर्ष ९२.४ प्रतिशत रोपाइँ भएको थियो ।

मधेशमा १४ प्रतिशतले बढ्यो रोपाइँ

क्षेत्रफलका आधारमा यो वर्ष सबैभन्दा धेरै रोपाईँ मधेश प्रदेशमा भएको छ । ३ लाख ८६ हजार १ सय ५० हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेको मधेश प्रदेशमा ३ लाख ७५ हजार ६ सय १४ हेक्टरमा रोपाइँ भएको हो । जुन ९७.३ प्रतिशत हो । जबकि गत वर्ष १४.७ प्रतिशत कम अर्थात् ८२.६ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

मधेश प्रदेशपछि सबैभन्दा धेरै ३ लाख ११ हजार ६ सय ४३ हेक्टर धान खेती हुने क्षेत्र रहेको लुम्बिनी प्रदेशमा ३ लाख ६ हजार ३ सय ७७ हेक्टरमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा पनि गत वर्षभन्दा रोपाइँ भएको क्षेत्रलफल बढेको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ९५ प्रतिशत रोपाइँ हुँदा यो वर्ष ९८.३ प्रतिशत भएको हो ।

यस्तै कोसी प्रदेशमा ९९.१ प्रतिशत अर्थात् २ लाख ७३ हजार ८ सय ७३  हेक्टर रोपाइँ भएको छ । कोसीमा धान रोपाइँ हुने कुल क्षेत्रफल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर हो । गत वर्ष कोसीमा ९६.६ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ 

सुदूरपश्चिम प्रदेशमा भने शतप्रतिशत रोपाइँ भएको छ । १ लाख ७४ हजार ५ सय १ हेक्टरमा रोपाइँ भएको हो । गत वर्ष भने सदुरपश्चिममा धान खेती हुने क्षेत्रको ९९.२ प्रतिशत रोपाइँ भएको थियो ।

यस्तै बागमती प्रदेशमा धान खेती हुने कुल क्षेत्रफल १ लाख १२ हजार २ सय ७३ हेक्टरमध्ये १ लाख ११ हजार ३ सय ५१ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष ९३.३ प्रतिशत मात्रै रोपाइँ भएको बागमतीमा यो वर्ष ९९.२ प्रतिशत रोपाइँ भएको हो ।

त्यस्तै गण्डकी प्रदेशमा पनि यो वर्ष रोपाइँ बढेको छ । गत वर्ष कुल ९६ हजार ५३ हेक्टरको ९४.२ प्रतिशत मात्रै भएको थियो । यो वर्ष ९३ हजार ९ सय २१ हेक्टर अर्थात् ९७ प्रतिशत रोपाइँ भएको हो ।

कर्णाली प्रदेशमा कुल धान खेती हुने क्षत्रेफलको ९९.२ प्रतिशत अर्थात् ४१ हजार ९ सय ४ मध्ये ४१ हजार ५ सय ७८ हेक्टर रोपाइँ भएको छ । गत वर्ष कर्णालीमा प्रदेशमा कुल रोपाइँ हुने क्षेत्रफलको ९.५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

धानको उत्पादन बढन् सक्छ : मन्त्रालय

कृषि मन्त्रालय प्रवक्ता केसी यो वर्ष नेपालमा धान उत्पादन बढ्ने आकलन गर्छन् । गत वर्ष धान सिजन सुरुवातमै पानी र मलको समस्या थियो । त्यसले पनि उत्पादन राम्रो नभएको उनको तर्क छ ।

‘धान उत्पादन तुलनात्मक रूपमा बढेको छ, तर त्यो प्रविधि प्रयोगले हो, समयमै वर्षा भएको भए र किसानलाई सहज

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?