+
+

सुमोको तेल ट्यांकीमा फल्स बटम बनाएर लागु औषध ओसारपसार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १८:५०

२ भदौ, काठमाडौं । टाटा सुमोको तेल ट्यांकीमा फल्स बटम बनाएर लागु औषध ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३७ वर्षीय बीरबल महतो र २९ वर्षीय विजय परियारछन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । लागु औषध मनोद्धिपक पदार्थको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले उनीहरुबाट डाइजापाम, बुप्रेनोर्mिन र फेनारगन गरी १ हजार ७८९ एम्पलुल बरामद गरेको ।

३१ साउनमा बौद्ध नयाँ बस्तीबाट परियारलाई प्रहरीले पक्राउ गरेको थियो । उनी लामो समयदेखि काठमाडौंमा औषधीजन्य मनोद्धिपक पदार्थको कारोबार गर्ने व्यक्ति रहेको दाबी ब्यूरोको छ । उनकै सूचनाका आधारमा १ भदौमा भारतीय नागरिक महतो पक्राउ परेका हुन् । उनले बीआर ०६ पीए २०९० नम्बरको टाटा सुमो गाडीको तेल ट्यांकीभित्र फल्स बटम बनाएर लागु औषध ल्याएको प्रहरीले जनाएको छ ।

उनी भारतको रक्सौल हुँदै काठमाडौंसम्म लागु औषध ओसारपसार गर्ने व्यक्ति रहेको ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए । पक्राउ परेकाहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन अन्तगर्तको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?