+
+

श्रीमती मृत्युको ३ वर्षपछि श्रीमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १८:५७

२ भदौ, काठमाडौं । श्रीमतीको मत्यु भएको तीन वर्षपछि श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ लगनखेलका ३७ वर्षीय हिम्मत श्रेष्ठलाई छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार साँझ सातदोबाटोबाट पक्राउ गरेको हो

पक्राउ परेक श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । २१ चैत २०७७ मा श्रेष्ठ र उनकी श्रीमती अप्सरा बस्ताकोटीबीच विवाद भएको थियो । सोही राति ९ बजेतिर उनी ललितपुरस्थित घरमै लगेर गम्भीर घाइते भएकी थिइन् ।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सुरुमा पाटन अस्पताल पठाइएको थियो ।

त्यसपछि कीर्तिपुरस्थि बर्न अस्पताल पठाइएकोमा उपचारकै क्रममा ३१ चैत २०७७ मा उनको मृत्यु भएको थियो ।

त्यसपछि अस्पराका आफन्तले श्रीमानले मट्टितेल छर्केर आगो लगाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । तर आरोपित पक्षले भने विवाद भएपछि अप्सरा आफैंले शरीरमा मट्टितेल छर्केर आगो लगाएको आरोप लगाएको थियो ।

त्यसबेला तामेलीमा राखिएको उक्त मुद्दामा अहिले फेरि अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?