
२ भदौ, काठमाडौं । राप्ती नदीमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ ।
दाङको राप्ती गाउँपालिका–३ खुरुरियाका १३ वर्षीय सुधन चौधरीको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।
आइतबार दिउँसो साढे ३ बजेतिर खुरुरियास्थित राप्ती नदीको झोलुङ्गे पुलटबा उनी खसेका थिए । दाउरा निकाल्ने क्रममा नदीको बीच भागको टापुमा उनी खसेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट र ज्वालामाई गण सशस्त्र भालुवाङबाट उद्धारका लागि टोली खटिएको थियो ।
चौधरीलाई १ घण्टापछि साढे ४ बजे उद्धार गरिएको दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4