+
+

मोडिफाई गरेर चलाइएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १९:०३

२ भदौ, काठमाडौं । मोडिफाई (स्वरुप परिवर्तन) गरेर चलाइएका १४९ वटा मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।

मोडिफाई गरेर हो–हल्ला मच्चाउँदै ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ३० साउन २०८१ देखि २ भदौसम्म ५ दिनको अवधिमा १४९ थान मोडिफाई गरिएका मोटरसाइकलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

यसबाट करिब २२ लाख राजश्व उठ्ने अनुमान गरिएको छ । पहिलो पटकदेखि चौथो पटकसम्म नियम उल्लंघन गरेकाहरुलाई अहिले पक्राउ गरिएको छ ।

२१ असोज २०८० देखि अभियानकै रुपमा कास्की प्रहरीले कारबाही सुरु गरेको थियो ।सुरुमा २२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको थियो । त्यसैगरी १७ फागुन २०८० देखि २० गतेसम्म तीन दिनको अवधिमा ५९ थान मोटरसाइकललाई प्रहरीले कारबाही गरेको थियो ।

पटके कारबाहीमा परेकाहरुलाई यातायात व्यवस्था कार्यालयमा समेत पठाएर थप कारबही गरिएको थियो । त्यतिबेला ८ जना मोटरसाइकल वर्कसप सञ्चालकलाई समेत पक्राउ गरिएको थियो । स्वरुप परिवर्तन नगर्ने शर्तमा सचेतनामुल कार्यक्रम गरेर उनीहरुलाई छाडिएको थियो ।

यो अभियान सञ्चालन गरेदेखि हालसम्म २ हजार ३५ मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ । सो क्रममा २९ लाख ८ सय रुपैयाँ राजश्व उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?