+
+

फेरिए वैदेशिक रोजगार विभागको महानिर्देशक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १९:२७

२ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् । विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरतबाट खत्रीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो ।

आइतबार मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न खटाएको हो । उनी हाल अर्घाखँचीमा प्रमुख जिल्ला अधिकारी थिए ।

हाल विभागको महानिर्देशक रहेका डन्डुराज घिमिरे मन्त्रालयमा फर्किएका छन् । करिब ७ महिना विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि उनी मन्त्रालयमा फिर्ता भएका हुन् । उनी करिब ३ वर्षदेखि श्रम मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत छन् ।

श्रम मन्त्रालयमा हालै सहसचिव प्रदीपराज कोइराला पनि सरुवा भएर आएका छन् । अब घिमिरे र कोइरालालले के जिम्मेवारी पाउँछन् भन्ने तय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?