+
+
यू-२० पुरुष साफ च्याम्पियनसिप : :

उद्‌घाटन खेलमा नेपालको सुखद् सुरूवात (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ भदौ २ गते १९:५१

२ भदौ, काठमाडौं । आजदेखि सुरु यू-२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।

नेपालको जितमा निराजन धामी नायक बने । उनले खेलको २४औँ मिनेटमा गोल गरेका थिए ।

आजको खेलमा तुलनात्मकरूपमा बल पोजिसनमा नेपालको पक्ष राम्रो देखिए पनि फिनिसिङ राम्रो नहुँदा नेपालले कैयौँ अवसर गुमाएको थियो ।

च्याम्पियनसिपको समूह ‘ए’मा नेपाल, श्रीलङ्का र बङ्गलादेश छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । समूह ‘ए’को खेलमा श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अगाबै सेमिफाइनल पुग्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलि समूह ‘बी’मा रहेको भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि हुनेछ ।

हेर्नुहोस् तस्वीरहरू :  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?