+
+

रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १९:४९

२ भदौ, काठमाडौं । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुले पारेको मानवद्वन्द्ध र कृषिबालीमा पुगेको क्षतिको विषयमा भएको छलफलमा वनमन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा सूचीकृत गर्ने तयारी रहेको बताए ।

वन्यजन्तुले कृषिबालीमा क्षति पुर्‍याएर गाउँ नै रित्तिनै अवस्था आएपछि देशभरिका किसानहरु अहिले चिन्तित छन् ।

कृषि क्षेत्रका सरोकारवाला र स्थानीय तहहरूले वन मन्त्रालय, कृषि मन्त्रालय र कृषि समितिमा पटक-पटक ध्यानाकर्षण गराउँदै आइरहेका थिए ।

समितिमा भएको छलफलमा रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गराउने तयारीबारे मन्त्रालयले समितिलाई ब्रिफिङ गरेको हो ।

सरकारले यस अगाडि मंसिर २०८० मा बँदेललाई पनि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?