+

प्रशिक्षण गरेकै मैदानमा खेल हुँदा सहज भयो : प्रशिक्षक श्रेष्ठ

२०८१ भदौ  २ गते २०:०४ २०८१ भदौ २ गते २०:०४
प्रशिक्षण गरेकै मैदानमा खेल हुँदा सहज भयो : प्रशिक्षक श्रेष्ठ

२ भदौ, काठमाडौं । आजदेखि सुरु भएको यू-२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोलअन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकालाई हराउँदै सुखद् सुरुआत गरेको हो ।

खेलपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रशिक्षण गरेकै मैदानमा खेल हुँदा सहज भएको बताए । उनले खेलमा योजनाअनुसार अवसर पाए पनि त्यसलाई अवसरमा बदल्न नसकेको प्रतिक्रिया दिए । ‘योजना अनुसार गोलको अवसरहरु पनि बनाएको थियो तर गोल हुन सकेन । सामान्य गोलहरु समेत हुन सकेन । बक्सभित्र अवसरहरु बनाएपनि सिम्पल ट्यापिङ मिस भो’, उनले भने, ‘योङ प्लेअर भएकोले पनि अलि प्रेसरजस्तो दृखियो । अब स्कोरिङमा सुधार गर्नुपर्ने देखियो ।’

प्रशिक्षक श्रेष्ठले अब आफूहरुसँग अर्को खेलका लागि ३ दिन बाँकी रहेको र त्यसकै तयारीमा लाग्ने बताए । उनले श्रीलंकासँगको खेलमा खेलाडी आत्तिएको जस्तो देखिए पनि खेल सोचेजस्तै भएको बताए ।

फुटबल यू-२० पुरुष साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय