+
+

पुल्चोक-ग्वार्को र मंगलबजार लगनखेलमा पूर्ण पार्किङ निषेध

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रसँग जोडिएका सडक खण्डमा पूर्ण पार्किङ निषेध गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते २०:१५

२ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रसँग जोडिएका सडक खण्डमा पूर्ण पार्किङ निषेध गर्ने भएको छ । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले आइतबार सूचना जारी गर्दै सबै पार्किङ निषेध गरेको जनाएकी हुन् ।

‘दरबार क्षेत्रसँग जोडिएका पुल्चोक–मंगलबजार–ग्वार्को सडक खण्ड र मंगलबजार–ईटी लगनखेल सडक खण्डमा सवारीसाधन (दुई पाङ्ग्रे) पार्किङ निषेध गरिएको छ,’ सूचनामा छ ।

महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले उक्त सडक खण्डको अधिकांश स्थानमा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ भइरहेको छ भने केही स्थानमा चार पाङ्ग्रे पनि भइरहेको छ ।

‘यी सडक अधिकांश जम्मा १२ फिटको छ । यसमा पनि पार्किङ रहेको छ । अब यो सबै हटाउने हो । सडकमा कतै पनि पार्किङ गर्न पाइँदैन,’ हाछेथुले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?