+
+

बाढीपहिरोले सडक बगाउँदा सिङ्दी र पसगाउँका स्थानीय समस्यामा

रासस रासस
२०८१ भदौ २ गते २१:११

२ भदौ, लमजुङ । लमजुङ क्व्होलासोथर गाउँपालिका–५ सिङ्दी र वडा नं ६ पसगाउँ क्षेत्रमा बाढीपहिराले सडक बगाउँदा तीन हप्तादेखि सवारी साधन सञ्चालनमा समस्या भइरहेको छ ।

पोखरा–सिङ्दी–पसगाउँ सडक गत साउन १२ गते रुदीखोलाले बगाउनुका साथै विभिन्न स्थानमा पहिरो झरेर अवरुद्ध भएयता यहाँका स्थानीय पैदल यात्रा गर्न बाध्य छन् ।

गाउँपालिकाले दिएको जानकारी अनुसार उक्त सडकअन्तर्गत कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङतर्फ विभिन्न स्थानमा खोलाले कटान गर्नुका साथै दर्जनबढी ठाउँमा पहिरा खसेका छन् ।

वडा नं ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिराले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए । ‘ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ । रुदीखोला पुलभन्दा २० मिनेट तल पनि सडक बगाएको छ । सहजताका लागि खोलामाथि भर्‍याङ राखेर जोखिमपूर्ण यात्रा गरिरहेका छौँ’, उनले भने ।

पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो प्रयोग हुने गरेकाले छ । जसले यहाँका धेरै नागरिक प्रभावित भएका वडा नं ६ पसगाउँका आइतजङ गुरुङले गुनासो गरे ।

‘पसगाउँसम्म आउने सडक अवरुद्ध हुँदा स्थानीयलाई पैदल हिँड्डुल गर्न पनि जोखिम छ । यतिबेला यहाँ सवारीसाधन चल्ने अवस्था छैन, जसले निकट समयमै खाद्यान्न सामग्रीको अभाव हुने अवस्था आउँदैछ’, उनले भने ।

क्व्होलासोथर गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले सो सडकमा ठूलो क्षति पुगेकाले तत्काल सडक सञ्चालन गर्न नसकिएको बताए । सडक खुलाउन पालिकासँग बजेट अभाव भएकाले सम्बन्धित निकायमा पहल भइरहेको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय लमजुङका निमित्त प्रमुख विवेक सिग्देलले सडकअन्तर्गत कास्की र लमजुङको दुवैतर्फ ठूलो क्षति भएको र सडक खुलाउने प्रयास गरे पनि पानी नघटेकाले समस्या भएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?