+

पहिलो खेलमै बराबरीमा रोकियो रियल मड्रिड

२०८१ भदौ  ३ गते ७:३४ २०८१ भदौ ३ गते ७:३४
पहिलो खेलमै बराबरीमा रोकियो रियल मड्रिड

३ भदौ, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता रियल मड्रिड नयाँ सिजनको पहिलो खेलमै मायोर्कासँग बराबरीमा रोकिएको छ ।

रियलले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा मायवर्कासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

मायोर्काको मैदानमा रोड्रिगोले १३औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ब्राजिलियन टिममेट भिनिसयस जुनियरको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा मायोर्काले बराबरी गोल फर्कायो । मायोर्काका भेदात मुरिकीले ५३औं मिनेटमा बराबरी गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सेकन र दुवैले एक एक अंक पाए ।

स्टार खेलाडी केलिएन एमबाप्लेले यसै खेलबाट ला लिगामा डेब्यु गरे । तर, उनले गोल गर्न सकेनन् । एमबाप्पेले युइएफए सुपर कपम एटलान्टा विरुद्ध खेल्दै रियलका लागि डेब्यु गरेका थिए । उक्त खेलमा उनले गोल पनि गरेका थिए ।

फर्नाल मेन्डीले इन्जुरी टाइमको सातौं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियलले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थिए ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय