+

चेल्सीलाई हराउँदै सिटीले सुरु गर्‍यो उपाधि रक्षा अभियान

२०८१ भदौ  ३ गते ७:३७ २०८१ भदौ ३ गते ७:३७
चेल्सीलाई हराउँदै सिटीले सुरु गर्‍यो उपाधि रक्षा अभियान

३ भदौ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा चेल्सीलाई २-० ले पराजित गर्दै उपाधि रक्षा अभियान थालेको छ ।

आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि एर्लिङ हालान्ड र माटेओ कोभासिसले गोल गरे ।

खेलको १८औं मिनेटमा हालान्डले बर्नार्डो शिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

यस्तै कोभासिसले खेल सिकन ६ मिनेट बाँकी हुँदा सिटीका लागि दोस्रो गोल गरे ।

जितपछि सिटीले ३ अंक जोडेको छ । चेल्सीले भने हारबाट लिगको सुरुवात गरेको छ ।

प्रिमियर लिगको पहिलो चरणको अन्तिम खेलमा आज राती टोटनहम र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रिमियर लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय