+
+

करेन्ट चाउचाउले सार्वजनिक गर्‍यो ट्रेडमार्कका प्रमाण, अदालतको अवहेलना नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते ७:४८

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ ।

प्रतिस्पर्धी सीजी फुड्सले बिभागको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम गर्नू’ भनी आदेश गरेको जानकारी दिँदै यशोदा फुड्सले अदालतको अबहेलना हुने गरी सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको बताएको छ ।

यशोदा फुड्सले सयौं लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन दिएको र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

करेन्ट चाउचाउ बिक्री वितरणमै रोक लगाइएको, बजारमा गएको समान समेत फिर्ता लिनुपर्ने भन्ने जस्ता भ्रमपूर्ण प्रचार नगर्न समेत उसले विपक्षीलाई आग्रह गरेको छ ।

पछिल्लो समय वाईवाईको ठूलो बजार हिस्सा करेन्ट चाउचाउले खोसेपछि यी दुई ब्राण्डवीच द्वन्द्व सुरु भएको हो । स्वाद र गुणस्तरमा ग्राहकले करेन्ट रोज्न थालेपछि प्रतिस्पर्धीले कानुनी झमेला सिर्जना गर्ने र त्यसमा हारेपछि भ्रमपूर्ण प्रचार गर्ने गरेको भन्दै करेन्टले उपभोक्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?