+
+

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते ८:०३

३ भदौ, धनगढी । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए ।

अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका केसीले बताए ।

पहिरामा पुरिएकाहरूकफ खोजी जारी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?