+

हालान्डको अर्को उपलब्धि

२०८१ भदौ  ३ गते ८:४८ २०८१ भदौ ३ गते ८:४८
हालान्डको अर्को उपलब्धि

३ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमू अर्को उपलब्धी हासिल गरेका छन् ।

सिजनको पहिलो खेलमा चेल्सीलाई २-० ले हराउदा पहिलो गोल गरेका हालान्डले सिटीका लागि १०० खेल खेले । जसमा उनको यो ९१औं गोल हो ।

यस्तो अविश्वसनीय रेकर्ड बनाउने हालान्डको प्रशंसा प्रशिक्षक पेप ग्वार्डिओलाले पनि गरेका थिए । ‘यो मेसी र क्रिस्टियानो रोनाल्डोको संख्या हो,’ उनले भने, ‘उनीहरूले पछिल्लो दशक र १५ वर्ष विल्कुल सबै कुरा नियन्त्रण गरे । संख्याको हिसाबले यो अर्को स्तर हो ।’

उनले थपे, ‘मलाई थाहा छैन उसले यो कसरी गर्छ तर यो देशको यो प्रिमियर लिगमा १०० खेलमा ९१ गोल गर्नु अविश्वसनीय छ ।’

हालान्डको तथ्याङ्क

सन् २०२२ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट म्यानचेष्टर सिटीमा अनुबन्ध भएका हालान्डको तथ्याङ्क पनि गज्जबको छ ।

– हालान्डले प्रिमियर लिगमा ६७ खेल खेल्दा ६४ गोल गरेका छन् । प्रिमियर लिगमा उनको डेब्युपछि कुनै पनि खेलाडीले यो भन्दा बढी गोल गरेका थिए । मोहमद सालाहले लिगमा ७१ खेलमा ३८ गोल गरेका थिए ।

– प्रिमियर लिग इतिहासमा कम्तीमा २० गोल गर्नेमा हालान्डको पर मिनेट गोल अनुपात सबैभन्दा धेरै छ । उनले हरेक ८५ मिनेटमा गोल गरेका छन् । हालान्डको नजिक रहेका सर्जियो अगुएरोले हरेक १०८ मिनेटमा गोल गरेका थिए ।

– सिटीका लागि पहिलो सिजन खेल्दा हालान्डले सबैखाले प्रतियोगितामा गरेर ५३ खेलमा ५२ गोल गरेका थिए । जुन सिटीका खेलाडीका लागि कीर्तिमान हो ।

– हालान्डले प्रिमियर लिगको डेब्यु सिजनमै सिटीका लागि ३६ लिग गोल गरेका थिए । उनले लामो समयदेखि एलान सियरर र एन्ड्रु कोलको नाममा रहेको कीर्तिमान तोडे ।

– प्रिमियर लिगमा ४२ खेल हुने समयमा सियरर र कोलले एकै सिजनमा ३४ गोल गरेका थिए ।

– हालान्डले प्रिमियर लिगमा ४८ खेलमा ५० गोल गरेका थिए । जुन कोल भन्दा १७ खेल कममा हालान्डले गरेका थिए ।

– यस सिजन हालान्डले प्रिमियर लिगमा लगातार तेस्रो पटक प्रिमियर लिग गोल्डेन बुट अवार्ड जित्न सक्छन् । थियर हेनरीले सन् २००४ मा लगतार तेस्रो पटक गोल्डेन बुट जितेका थिए ।

उनी गोल चाहन्छन् 

लिभरपुलका पूर्व स्ट्राइकर ड्यानिएल स्टुरिजले हालान्डको गोल स्कोरिङ कीर्तिमानलाई अचम्म मानेका छन् । ‘उनलाई गोल गर्न मन पर्छ,’ उनले भने, ‘तपाईले देख्न सक्नुहुन्छ कि उहाँमा यो छ, ऊ केवल एक गोलकर्ता मात्र बन्न चाहन्छ ।’

‘जब तपाईं हालान्डलाई खेल्नुहुन्छ, उनीसँग आफ्नो खेलमा धेरै छ जुन हामीले देखेका छैनौं । ९१ गोल अविश्वसनीय हो । उनीजस्तो खेलाडी एकदमै कम छन् ,’ उनले थपे ।

लिभरपुल र टोटनहमका पूर्वमिडफिल्डर जेमी रेडन्यापले हालान्डले स्ट्राइकरलाई फेरि खेलमा फर्काएको बताए । ‘उनको खेल हेर्ने हरेक बच्चाहरू स्ट्राइकर बन्न चाहन्छन् । सबै प्रशिक्षकहरुले म्यानचेष्टर सिटीको सफलता देखेका छन् र उनीहरु नम्बर नाइन खेलाडी चाहन्छन् ।’

म्यानचेष्टर सिटीका पुर्व डिफेण्डर मिकाह रिचर्ड्सले भने, ‘ म्यानचेस्टर सिटीसँग जहिले पनि बल हुने भएकाले उसले आफ्नो खेललाई अनुकुल बनाउनुपर्छ ।’

रिचर्ड्सले हालान्डले बक्समा आफ्नो खेललाई अनुकल बनाउनुपर्ने र उनी श्रेयको हकदार छन् ।

‘अझै राम्रो गर्न चाहन्छु’

हालान्डले चेल्सी विरुद्ध आफ्नो निर्मम दक्षता प्रमाणित गरिसकेका छन् । उनले पहिलो हाफमा मात्र पाँच टचमा लिंदा एकमा गोल गरेका थिए ।

तर गोल स्कोरिङमा सानदार कीर्तिमान बनाएका २४ वर्षीय हालान्डले यो भन्दा अझै माथिल्लो स्तरमा पुग्न चाहन्छन् । ‘म टिमलाई सहयोग गर्न चाहन्छु र टिम वर्क गर्दै अन्य खेलाडीलाई पनि राम्रो स्तरमा पुर्‍याउन चाहन्छु,’ हालान्डले भने ।

‘म थप संलग्न हुन चाहन्छु, पेप (ग्वार्डिओला) त्यो चाहन्छन् । तर, यस्तो खेलहरूमा, के म अझ बढी संलग्न हुन आवश्यक छ । यो मिलियन डलरको प्रश्न हो । म थप असिस्ट प्राप्त गर्न र राम्रो खेलाडी बन्न चाहन्छु ,’ उनले थपे ।

बीबीसीबाट भावानुवाद

एर्लिङ हालान्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय