
३ भदौ, काठमाडौं । सोलुखुम्बुको खुम्बु गाउँपालिका क्षेत्रमा बाढीका कारण अवरुद्ध बनेको मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ ।
३२ साउनमा हिमताल फुटेर बाढी आउँदा खुम्बु बिजुली कम्पनीमा क्षति पुग्दा विद्युत सेवा अवरुद्ध हुन पुगेको थियो । जसका कारण सो क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको थियो ।
टेलिकमका अनुसार बिजुली आपूर्तिमा समस्या आउँदा खुम्बु लगायत नाम्चे, खुमजुङ, पानी ट्यांकी क्षेत्रका बीटीएस टावरहरू बन्द भएका थिए ।
ती बीटीएस टावरहरू सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4