+
+

‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १२:५०

काठमाडौं । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको नयाँ मिति घोषणा गरेको छ । प्राविधिक कार्य नसकिएको जनाउँदै यसअघि पूर्वनिर्धारित रिलिज स्थगित गरेको फिल्मले नयाँ मिति तय गरेको हो ।

अब यो फिल्म कात्तिक ३० गते प्रदर्शन हुनेछ । अहिले भारतको मुम्बईमा फिल्को सम्पादन कार्य भइरहेको जनाइएको छ । दर्शकलाई मनोरञ्जन दिने फिल्म पस्किने उद्देश्यले प्राविधिक काममा सम्झौता नगरिएको निर्माता तथा अभिनेता हरिहर अधिकारीले जनाए ।

यो फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी फिल्मको निर्देशनसहित पाँच दर्जन भन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो डेब्यु निर्देशकीय फिल्म हो ।

यो फिल्म नेपाली, तेलुगु र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ । कात्तिक ३० मै सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘मिसिङ गर्ल’ पनि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?