+
+

कोरोना संक्रमित राख्न बनाइएको ‘होल्डिङ सेन्टर’ जीर्ण बन्यो

रासस रासस
२०८१ भदौ ३ गते १३:१०
फाइल फोटो ।

३ भदौ, कैलाली । कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमित राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । २ वर्षअघि धनगढी उपमहानगरपालिका–३, बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो ।

विसं २०७८ वैशाखमा २८ करोड ८१ लाख रुपैयाँ लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा निर्माण सकिएको थियो । निर्माण पूरा भएको २ वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताए ।

‘होल्डिङ सेन्टरको स्वामित्व संघ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन । एक पटक रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भएको थियो’, मिश्रले भने, ‘सोबारे भएका छलफल वा निर्णय हालसम्म स्थानीय प्रशासनलाई जानकारी छैन ।’

प्रमुख जिल्ला अधिकारी मिश्रले नेपाली सेनाद्वारा निर्मित उक्त सेन्टर सञ्चालनको ढाँचा र जिम्मेवारी रक्षा मन्त्रालयबाट आउनुपर्नेमा हालसम्म नआउँदा स्वामित्व हस्तान्तरण हुन नसकेको बताए । उनका अनुसार एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ ब्लक, २० क्वारेन्टिन, दुई चिकित्सक कक्ष, २२ शौचालय तथा १५ वटा भान्सा कोठा निर्माण गरिएका छन् । होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?