+
+

संविधान संशोधन गरेर अधिकार खोस्न खोजिएको भन्ने हल्ला सत्य होइन : सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १३:२४

३ भदौ, काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकार पनि कटौती गर्छ भन्ने प्रचार भइरहेको छ ।  कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौं । सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’

उनले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेबीच सत्ता सहकार्य भएको पनि बताए । ‘७÷८ महिनामा सरकार परिवर्तन भइराख्ने र सरकारले केही गर्न नसक्ने भएकाले ठूलो दल मिलेका छौं,’ उनले भने ।

यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?