+
+

दशैंको फूलपातीमा भारतमा समेत ४ फिल्मको भिडन्त पक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १३:२९

काठमाडौं । भारतीय फिल्म उद्योगमा आगामी दशैंको फूलपातीमा तीन फिल्मको भिडन्त तय भएको छ । बलिउड हंगामाका अनुसार अक्टोबर १० (असोज २४) मा रजनीकान्तको ‘वेट्टाइयाँ’, आलिया भट्टको ‘जिग्रा’ र सूर्याको ‘कंगुवा’ प्रदर्शनमा आउनेछन् ।

सोही मितिमा ध्रुव सर्जा स्टारर फिल्म ‘मार्टिन’ पनि भारतभर रिलिज हुने समाचारमा उल्लेख छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले समेत यी तीन फिल्मको एकसाथ प्रदर्शनबारे पुष्टि गरेका छन् ।

यी कुनै पनि फिल्मको नेपाल प्रदर्शनबारे भने टुंगो लागेको छैन । ‘यो दसेरामा सम्भावित बक्स अफिस भिडन्त’ भन्दै ट्रेड एनालिस्ट आदर्शले एक्समा लेखेका छन् । यी सबै फिल्म भारतमा धेरै भाषामा एकसाथ प्रदर्शन हुने जनाइएको छ ।

‘जेलर’को व्यावसायिक सफलता र छोरी ऐश्वर्या निर्देशित ‘लाल सलाम’मा केमियोपछि सुपरस्टार रजनीकान्त ‘वेट्टाइयाँ’बाट पुनरागमन गर्दैछन् । यो फिल्ममा राणा दग्गुबाती, फहाद फैसल र मञ्जु वारियरको समेत अभिनय छ ।

‘जिग्रा’ आलिया भट्ट स्टारर दिदीभाइको कथा हो । यो फिल्ममा उनले वेदांग रैनाको जेठी दिदीको भूमिका निर्वाह गरेकी छन् । नेटफ्लिक्स फिल्म ‘आर्चिज’पछि रैनाको यो दोस्रो फिल्म हो । सुरिया अभिनित कंगुवा बहुप्रतीक्षित भारतीय फिल्म हो, जहाँ उनले धेरै युगका एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

कन्नाडा स्टार ध्रुव सर्जा अभिनित ‘मार्टिन’ पहिलोपटक हिन्दी भाषामा भारतभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?