+
+

‘स्त्री २’ ले चार दिनमै भारतमा कमायो २०४ करोड, ‘पठान’सँग बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १४:०२

काठमाडौं । भारतीय बक्स अफिसमा सन् २०२४ को रक्षाबन्धन खास भइरहेको छ । प्रदर्शनको चौथो दिन आइतबारसम्म २०४ करोड भारुको नेट कलेक्सन गर्दै श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ ले गत वर्ष रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’को कमाइसँग बराबरी गरेको छ ।

‘पठान’पछि हिन्दी फिल्म इतिहासमा ‘स्त्री २’ रिलिजको चौथो दिनमा यो आँकडा पार गर्ने दोस्रो फिल्म हो । योसँगै फिल्मले सनी देओलको फिल्म ‘गदर २’ को पाँच दिनमा दुई सय करोड कमाइको रेकर्ड तोडेको छ । फिल्मले रिलिजको चार दिनमै विश्वभर २८३ करोड भारु कमाएको छ ।

शाहरुख खानको फिल्म ‘जवान’ र रणवीर कपुरको ‘एनिमल’ हिन्दीमा रिलिज भएका फिल्ममध्ये सबैभन्दा छिटो २०० करोड भारुसहित कमाइको आँकडामा अग्रस्थानमा छन् । यी दुवै फिल्मले रिलिजको तीन दिनमै यो आँकडा पार गरेका थिए ।

यसपछि शाहरुख खानको फिल्म ‘पठान’ छ, जसले रिलिजको चार दिनमै भारतको घरेलु बक्स अफिसमा २०० करोड भारु कमाएको थियो । श्रद्धा कपुरको फिल्म ‘स्त्री २’ को पहिलो चार दिनमा नेट कमाइ २०४ करोड भारु पुगेको छ । सोमबार पनि ‘स्त्री २’ को अग्रिम बुकिङ बिहानैदेखि तीव्र छ । ‘स्त्री २’ यस्तो उपलब्धि हासिल गर्ने पहिलो महिला केन्द्रित फिल्म हो ।

फिल्मले पहिलो हप्तामै ३०० करोडको आँकडा पार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?