+
+

‘कंगारु’मा स्वस्तिमा अनुबन्धित, दशैंपछि अष्ट्रेलियामा छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १५:२७

काठमाडौं । फिल्म ‘कंगारु’को शीर्ष अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । सोमबार निर्मातासँग उनले लिखित समझदारी गरेकी छन् ।

सम्राट बस्नेतले निर्देशन गर्ने यो फिल्ममा यसअघि केदार घिमिरे, जितु नेपाल र अर्पण थापा अनुबन्धित भैसकेका छन् । गण्डकी प्रदेशका मन्त्री समेत रहेका राजिव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुति रहने फिल्ममा स्वस्तिमासँगै कलाकारको लाइनअप बलियो बनेको छ ।

फिल्ममा अनुबन्धित भैसकेपछि आफू उत्साहित भएको खड्काले बताइन् । यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए ।

दशैंपछि यो फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका थलोमा गर्ने तयारी छ ।

दर्शकले नयाँ कथा देख्न पाउने निर्देशक बस्नेतले बताए । ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं । यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने ।

यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालिसँगको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र मनोज भण्डारी निर्माताको रुपमा हुनेछन् ।

सहनिर्मातामा अन्जन दुरा र लक्ष्मी राई हुनेछन् । कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्ममा सीमा गुरुङको कथा छ । छाँयाकार सुशन प्रजापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?