
३ भदौ, अष्ट्रेलिया। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रवासी नेपालीहरुसँग गुहार माग्न आएको बताएका छन् ।
विदेशमा बस्ने छोराछोरीले नेपालको चुनावमा प्रभाव राख्ने भएकाले सहयोग माग्न अष्ट्रेलिया आएको लिङदेनले बताए । उनले विदेशमा बस्ने नेपालीहरुले हिन्दू राष्ट्र र राजसंस्था सहितको नवीन समझदारीका निम्ति पहल गरिदिन पनि आग्रह गरे ।
सँगै नेपालका दलहरुलाई चन्दा पठाउँदा ध्यान दिन समेत लिङदेनले सुझाव दिए ।
‘चुनावमा तिनै भ्रष्ट, विदेश बिगारेका पार्टी र नेतहरुलाई चन्दा नदिनुहोस्’, उनको आग्रह थियो । पार्टी निकट प्रवासी संगठन नेपाली एकता समाजको पाँचौ वार्षिक उत्सव कार्यक्रममा भाग लिन अध्यक्ष लिङ्देन मेलबर्न आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4