+
+

जयशंकर भेटेपछि परराष्ट्रमन्त्री राणा : आपसी सहयोग आदानप्रदानबारे छलफल भयो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १६:०९

३ भदौ, काठमाडौं । भारतीय समकक्षी एस जयशंकरसँग दुई देशको हित, आसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बताएकी छन् ।

दिल्ली भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत् छलफलबारे उल्लेख गरेकी छन् ।

‘भारतीय विदेशमन्त्री श्री एस. जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौं पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, फेसबुकमा लेखेकी छन् ।

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ ।

भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार दुई मन्त्रीहरुका बीच दुई पक्षीय सम्बन्धमा सबै पाटाहरुका विषयमा छलफल भएको थियो । भेटमा भारतका तर्फबाट विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, भारतका उत्तर हेर्ने सहसचिव अनुराग श्रीवास्तवलगायत सहभागी थिए ।

नेपालका तर्फबाट कार्यवाहक राजदूत थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढु‌ंगाना, दिल्लीस्थित दूतावासकी राजनीतिक मिनिस्टर काउन्सेलर द्रुपदा सापकोटालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?