+
+

फिल्म बोर्ड अध्यक्षका ६ आवेदकलाई मन्त्रालयले अन्तर्वार्ताका लागि बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १६:२१

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका ६ जना आवेदकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको छ ।

मन्त्रालयले औपचारिक रुपमा ६ जना फिल्मकर्मीले आवेदन परेको जानकारी समेत दिएको छ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि भन्दै मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।

बुधबार बेलुका सवा ५ बजेपछि विदुर नगरपालिका–२, नुवाकोटका अर्जुनकुमार डंगोल, गोदावरी नगरपालिका–३, ललितपुरकी करिश्मा मानन्धर र टोखा नगरपालिका–६, काठमाडौंका दिनेशराज दाहाल (डीसी)लाई मन्त्रालयमा बोलाइएको छ ।

बिहीबार बिहान ७ बजेपछि चाँगुनारायण नगरपालिका–८, भक्तपुरकी दीपा पाण्डे बस्नेत, विराटनगर महानगरपालिका, मोरङका प्रकाश भट्टराई र महालक्ष्मी नगरपालिका–४, ललितपुरका राजेश थापालाई बोलाइएको छ ।

बोर्डले दिएको १५ दिनको आवेदन समयभित्र यी ६ जना फिल्मकर्मीले मन्त्रालयमा आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?