+
+

अर्थतन्त्र चलायमान बनाउन दुई ठूला पार्टी मिल्यौं : गृहमन्त्री 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १६:५३

३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता कायम गरी मुलुकको अर्थतन्त्रलाई चलायमान गर्न दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत सांगीतिक काव्य गोष्ठी कार्यक्रममा गृहमन्त्री लेखकले विगत डेढ वर्षको अवधिमा सत्ता समीकरण फेरिरहँदा पूँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए ।

विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशा तिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको उनले बताए ।

विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न गठबन्धनको सरकार गठन भएको उनको भनाइ छ ।

देशमा स्वदेशी एवम् विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उनले बताए ।

गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेन्डा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?