+
+

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बाल साहित्य महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १६:५३

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बाल साहित्य महोत्सव हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते बालसाहित्य सम्मेलन हुन लागेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाका अनुसार सम्मेलनमा भारत, चीन, श्रीलंका, जापान, अमेरिका लगायत २५ लेखक तथा सर्जकहरु सहभागी हुनेछन् । सम्मेलनमा बालबालिलकाको क्षेत्रमा गरिएका दुई दर्जनभन्दा बढी अनुसन्धान पत्र, बाल साहित्य प्रस्तुत गरिने जनाइएको छ ।

सम्मेलनले नेपाली बालसाहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने आयोजकको विश्वास छ । सम्मेलनमा कथा वाचन सत्र, बाल पुस्तक तथा कला प्रदर्शनी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?