+
+

धितोपत्र बोर्डमा उद्योग वाणिज्य महासंघको प्रतिनिधि नराख्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १७:०२

३ भदौ, काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिलाई नराख्ने प्रस्ताव गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै प्रतिनिधि सभामा दर्ता गरेको ‘धितोपत्र ऐन (पहिलो संशोधन) विधेयक २०८१) मा यस सम्बन्धी व्यवस्था छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का प्रतिनिधि पनि धितोपत्र बोर्डमा राख्ने व्यवस्था प्रस्तावित छ । धितोपत्र बोर्ड गठनसम्बन्धी व्यवस्था प्रचलित ऐनको दफा ३ मा छ ।

नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष हुने बोर्डमा अर्थ मन्त्रालयका सह सचिव, कानुन मन्त्रालयका सहमसचिव, नेपाल राष्ट्रबैंकका प्रतिनिधि, नेपाल चाटर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि र सरकारले मनोनित गरेका एक जना सदस्य रहन्छन् ।

यसमध्ये नेपाल चाटर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई भने बोर्ड सदस्यबाट हटाउने प्रस्ताव प्रस्तावित विधेयकमा छ ।

दुवै संस्थाको प्रतिनिधि राख्दा स्वार्थ बाझिन सक्ने भएकाले प्रचलित व्यवस्थामा संशोधन गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

दुवै संस्थाको प्रतिनिधि राख्ने प्रस्तावित व्यवस्थाबारे विधेयकमा भनिएको छ, ‘स्वार्थ बाझिन सक्ने अवस्थलाई न्युनीकरण गर्न यी संस्थाका प्रतिनिधि बोर्ड सदस्य नहुने व्यवस्था गर्न आवश्यक भएकोले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?