+

अमिर जमालले बंगलादेशविरुद्धको टेस्ट सिरिज गुमाउने

२०८१ भदौ  ३ गते १७:०७ २०८१ भदौ ३ गते १७:०७
अमिर जमालले बंगलादेशविरुद्धको टेस्ट सिरिज गुमाउने

३ भदौ, काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर अमिर जमालले बंगालदेशसँगको टेस्ट सिरिज गुमाउने भएका छन् । २ खेल सम्मेलित टेस्ट हुनु अगाडि नै ढाडमा समस्या देखिएका कारण उनले सिरिज गुमाउने भएका हुन् ।

जमाललाई बाहिर राखेर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सोमबार सार्वजनिक गरेको छ । उनले यस अघि नै उनलाई टिममा छनोट गरिसकिएको थियो । तर उनको फिटनेसकै कारण २१ अगष्टमा सुरु हुने रावपिडीमा हुने टेस्ट खेल पनि गुमाउने तरखरमा थिए । तर अब भने उनको ढाडमा आएको समस्याका कारण उनले ३० अगष्टमा सुरु हुने अर्को टेष्टमा पनि टिममा नहुने भएका छन् ।

जमालले २०२३ मा पाकिस्तानको टिमबाट टेस्ट डेब्यु गरेका थिए । उनले अष्ट्रेलियाविरुद्ध २०२३ को डिसेम्बरमा भएको खेलमा डेब्यु गरेका थिए । उनले अस्ट्रेलियासँगको ३ वटा टेस्ट खेलमा १८ विकेट लिएका थिए । जसमा उनी सर्वाधिक विकेट लिने खेलाडी समेत भएका थिए ।

उनको ढाडको चोटकै कारण इङल्यान्डमा भएको मल्टिफम्र्याट खेलमा पनि उनले पाएका थिएनन् । उनले पछिल्लो पटक जुनमा पाकिस्तानका लागि क्रिकेट खेलेका थिए ।
जमाल पाकिस्तानका लागि राम्रो बलिङ अलराउन्डर रहेका थिए । उनको स्थानमा कसैलाई पनि प्रतिस्थापन नगरी पाकिस्तानले १४ जना खेलाडीको सँग बंगलादेशसँगको सिरिज खेल्नेछ ।

हाल पाकिस्तान टिममा तीव्र गतिको बलरको रुपमा शाहिन शाह अफरिदी, नासिम शाह, मिर हमजा, खुरम शहजाद र मोहम्मद अली छन् । जमाल भने राष्ट्रिय क्रिकेट एकेडेमी लाहोरमा रहेर आफ्नो फिटनेसमा काम गर्ने पीसिबीले जानकारी दिएको छ ।

२०१८ मा लिस्ट ए को खेल खेल्दै पाकिस्तानी टिममा आएका जमालले २०२२ मा इङ्ल्यान्डविरुद्ध टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।

अमिर जमाल पाकिस्तान बंगलादेश टेस्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय