+
+

सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १७:१३

३ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ ।

पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको सेनाले जनाएको छ ।

सिन्धुपाल्चोक प्रशासनले पनि विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

नेपाल प्रहरीका सिन्धुपाल्चोक प्रमुख एसपी सन्तोष खड्काले भने सुख्खा पहिरो जाँदा झरेको गेग्रानले इन्द्रवती नदी आंशिक रुपमा थुनिएको बताए । उनले भने, ‘यद्यपि, अहिलेको अवस्था खतरामुक्त नै हो, यद्यपि केही क्षति नहोस् भनेर सेना, प्रहरी र सशस्त्र सबैको टोली तयारी अवस्थामा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?