+
+

अरुणिमा लम्सालले कांग्रेस नेतासँग कसिन् लगनगाँठो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १७:२७

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसे ।

श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरेको जनाइएको छ ।

उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो । केही समयअघि एक अन्तर्वार्तामा उनकी आमा भावु लम्सालले छोरीको विवाह हुन लागेको संकेत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?