+

साफ यू-२० च्याम्पियनसिप : भुटानमाथि ९ खेलाडीमा सीमित भारतको जित

२०८१ भदौ  ३ गते १७:३९ २०८१ भदौ ३ गते १७:३९
साफ यू-२० च्याम्पियनसिप : भुटानमाथि ९ खेलाडीमा सीमित भारतको जित

३ भदौ, काठमाडौं । साविक विजेता भारतले साफ यू-२० च्याम्पियनसिप २०२४ मा भुटानमाथि कठिन जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सनतदोबाटोमा भएको खेलमा ९ खेलाडीमा रहेको भारतले दश खेलाडीमा रहेको भुटानलाई १-० ले पराजित गरेको हो । भारतका लागि मोनिरुफ मोल्ल ३७ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भने खेल केही तनावपूर्ण बनेको थियो । जसमा भारतका दुई र भुटानका एक खेलाडीले रातो कार्ड पाए । ६९ मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि भारतका प्रमवीर र वानलालपेका गुइटे तथा भुटानका किनले ग्याल्तसेन रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए ।

साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय