+
+

‘नाङ्गो गाउँ’ र ‘दान्भी’ कान्तिपुर सिनेमाज ओटीटीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १८:३६

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ सोमबारदेखि नेपाली ओटीटी प्लाटफर्म ‘कान्तिपुर सिनेमाज’मा रिलिज भएको छ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा यो फिल्मलाई स्ट्रिमिङ थालिएको हो ।

गत वर्षको भदौ २९ गते हलमा रिलिज भएको यो फिल्मलाई दर्शकले रुचाएका थिए । दयाहाङ राईको शीर्ष भूमिका रहेको यो फिल्मले गाउँमा हुने चुनावको प्रवृत्तिलाई चित्रण गर्छ ।

निर्देशक लामाले फिल्म मार्फत सर्वसाधारणको चुनाव प्रवृत्तिलाई कटाक्ष गरेका थिए । लामाको पटकथा लेखन समेत रहेको यो फिल्ममा दयाहाङसहित मिरुना मगर, शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारीको पनि अभिनय छ ।

‘नाङ्गो गाउँ’ सहित यो प्लाटफर्ममा पूजा शर्मा स्टारर एक्सन फिल्म ‘दान्भी’ पनि रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?