+

नेपाल प्रिमियर लिग मंसिर १५ देखि

२०८१ भदौ  ३ गते १९:५३ २०८१ भदौ ३ गते १९:५३
नेपाल प्रिमियर लिग मंसिर १५ देखि

३ भदौ, काठमाडौं । टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् । राष्ट्रिय खेदकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिबद्धता जनाए ।

दुई वर्ष अगाडि क्रिकेट संघले भारतीय कम्पनीलाई सम्पूर्ण अधिकार दिएर टी-२० लिग गरेको थियो । तर विवादै विवादमा फस्नुका साथै फिक्सिङको आरोप लाग्यो ।

नयाँ कार्यसमिति चयन भएपछि क्रिकेट संघले नेपाल प्रिमियर लिगलाई आफ्नै आयोजनामा गर्दैछ । क्यानले हालै मात्र फ्रन्चाइज टोलीको स्वामित्वका लागि सूचना निकालेको थियो । स्रोतका अनुसार ६ टिमका लागि १६ वटा आवेदन परेको छ । अब टिम छनोट, खेलाडी अनुबन्ध लगायतका प्रक्रिया अगाडि बढ्नेछ ।

पूर्व कप्तान समेत रहेका क्रिकेट संघका सचिव पारस खड्काले सबैको सहयोग चाहिएको बताए । उनले भने, ‘नेपाली त्रिकेटलाई हामी सबैको माया चाहिएको छ, नेपाल प्रिमियर लिगलाई साथ दिनुहोला ।’

नेपाल क्रिकेट संघ नेपाल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय