+
+

अन्तरिक्षमा अड्किएकी सुनिताको आँखाको ज्योति किन कमजोर भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते २०:०४

काठमाडौं । करिब साढे २ महिनादेखि अन्तराष्ट्रिय स्पेस स्टेशनमा फसेकी अमेरिकी अन्तरिक्ष संस्था नासाकी अन्तरिक्षयात्री सुनिता विलियम्सको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

सुनिता गत जुनमा सहकर्मी अन्तरिक्षयात्री ब्यारी विल्मोरसँगै बोइंगको स्टारलाइनर अन्तरिक्षयानबाट स्पेस स्टेशनमा गएकी थिइन् । ती दुबैजना एक साता स्पेस स्टेशनमा बिताएर पृथ्वीमा फर्किने योजना थियो । तर अन्तरिक्षयानमा समस्या देखिएपछि उनीहरुको फिर्तीमा ढिलाइ भएको छ । नासाका अनुसार उनीहरुको पृथ्वी फिर्ता हुने मिति अर्को वर्ष अर्थात् २०२५ सम्म पर सर्न सक्छ ।

यसैबीच यान बिग्रिएर अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनमा आँखाको समस्या देखिएको छ ।

सुक्ष्म गुरुत्वाकर्षणका कारण समस्या

लामो समयसम्म सुक्ष्म गुरुत्वाकर्षण अर्थात् माइक्रो ग्राभिटीका कारण सुनिताको आँखामा समस्या देखिएको बताइएको छ । उनमा देखिएको समस्यालाई स्पेसफ्लाइट एसोसिएटेड न्यूरो अकुलर सिन्ड्रोम भनिन्छ ।

यसले सरीरमा तरल पदार्थको वितरणमा असर पार्दछ । जसका कारण दृष्टि सम्बन्धी समस्या उत्पन्न हुन्छ । यसले दृष्टि धमिलो बन्ने मात्र नभई आँखाको संरचना नै बदलिन सक्दछ । सुनिताको आँखाको अवस्था पत्ता लगाउनका लागि उनको रेटिना, कोर्निया तथा लेन्सको स्क्यान गरिएको छ ।

फिर्तीमा लाग्नसक्छ लामो समय

सुनिता विलियम्स र विल्मोरलाई पृथ्वीमा ल्याउनका लागि अमेरिकी स्पेस एजेन्सी नासाले स्पेस एक्सको क्रू ड्रागन मिसनको प्रयोग गर्ने योजना बनाइरहेको छ ।

यो मिसन आगामी सेप्टेम्बरमा प्रक्षेपण गर्ने योजना छ भने त्यो सन् २०२५ को फेब्रुअरीमा पृथ्वीमा फिर्ता आउनेछ । सुनिता र विल्मोर सोही मिसनमार्फत् पृथ्वीमा फिर्ता आउन सक्नेछन् । यसो हुँदा अन्तरिक्षमा उनीहरुको बसाई ८ महिना लम्ब्निेछ ।

उनीहरुको अन्तरिक्ष मिसनमा उत्पन्न ढिलाइलाई लिएर बोइंग कम्पनीले कडा आलोचनाको सामना गरिरहेको छ । नासाले आफ्ना अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फिर्ता ल्याउनका लागि प्रतिस्पर्धी कम्पनी स्पेस एक्सको यान छनोट गर्नु बोइंगका लागि ठूलो झट्का हो ।

समाचार अनुसार बोइंग कम्पनी अन्तरिक्षयान प्रविधिका सम्बन्धमा विभिन्न खाले प्राविधिक मुद्दा तथा ढिलाईसँग जुधिरहेको छ । जसका कारण कम्पनीको लागत पनि बढिरहेको छ ।

सुनिता र विल्मोर स्पेस एक्सबाट पृथ्वीमा फिर्ता आउने योजना बनाइएपनि उनीहरुका लागि स्पेस शूटको पनि समस्या देखिएको छ । स्टारलाइनरका लागि डिजाइन गरिएका स्पेसशूट स्पेस एक्स क्रू ड्रागनका लागि उपयोगी हुँदैनन् ।

त्यसैले यदि सुनिता र विल्मोर स्पेस एक्सको यानबाट पृथ्वीमा फर्किने हो भने उनीहरुले अहिले पहिरिएका अन्तरिक्ष पहिरन अर्थात् स्पेस शूट निकालेर अर्को लगाउनु पर्नेछ । स्पेस स्टेशनमा त्यसरी स्पेस शूट फुकाल्दा त्यसले समस्या पैदा गर्नसक्ने जोखिम रहन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?