+
+

गुल्मीमा घरको बराण्डबाट लडेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते २०:३३

३ भदौ, गुल्मी। गुल्मीमा घरको बरण्डाबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा  इस्मा गाउँपालिका-१ राहले निवासी ३५ वर्षको कमल कुमाल रहेका छन् ।

उनी आफ्नै टिनले छाएको तिनतले कच्ची घरको बिच तलामा जोडिएको बरण्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

डीएसपी पोखरेलका अनुसार कुमाल आफु सुत्ने कोठमा जाने क्रममा लडेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?