+
+

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते २१:१५

३ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो ।

भेटपछि परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए ।

परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको थियो । उर्जा क्षेत्रको सहकारी विस्तारबारे समेत भेटमा कुराकानी भएको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?