+
+

ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते ७:०२

४ भदौ, काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन ।

तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘इरानले हाम्रो लोकतान्त्रिक संस्थानहरुमा मतभेद र अविश्वास सिर्जना गर्न अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय गरेको छ ।’

यसै महिनाको सुरुवातमा ट्रम्पका अभियन्ताहरुले चुनाव प्रचार अभियानको वेबसाइट ह्याक गरेर गोप्य दस्तावेज लिक गर्ने र फैलाउने काममा इरानका व्यक्तिहरुको संलग्नता भएको आरोप लगाएका थिए । तर इरानले त्यसको खण्डन गरेको थियो ।

विश्वको दिग्गज आईटी कम्पनी माइक्रोसफ्टले हप्ता दिन अगाडि अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले इरानले अनलाइन गतिविधिहरुमाथि तीव्रता दिएको सुनसनीपूर्ण खुलासा गरेको थियो । माइक्रोसफ्टले भनेको थियो– इमेल फिसिङ्ग मार्फत् राष्ट्रपति चुनावको प्रचार अभियानलाई निशाना बनाइँदै छ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले भनेका छन्, ‘इरानीहरुले सोसल इन्जिनियरिङ र अन्य प्रयासको माध्यमबाट दुवै राजनीतिक दलका राष्ट्रपति निर्वाचन अभियानमा सिधा पहुँच राख्ने व्यक्तिसँग पहुँच बनाउने कोसिस गरेका छन् । यस्तो गतिविधिको उद्देश्य अमेरिकाको चुनावी प्रक्रिया प्रभावित पार्नु हो ।’

कमला ह्यारिसको टिमले भन्यो– हाम्रो साइबर सुरक्षा सिस्टम मजबुत छ

राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी कमला ह्यारिसको टिमको प्रचार अभियानका अनुसार गत जुलाईमा प्रचारप्रसारको क्रममा कानुनी र सुरक्षा टिमलाई एफबीआईले विदेशबाट साइबर हमला भएको जानकारी गराएको थियो ।

कमला ह्यारिसको टिमले भनेको छ, हाम्रो साइबर सुरक्षा सिस्टम मजबुत छ । हाम्रोमा कुनै पनि प्रकारको साइबर हमला भएको जानकारी छैन ।

यद्यपि ह्यारिसको टिमले आफ्नो देशमा भएको भनिएको साइबर हमलामा कुन देशको संलग्नता हुनसक्छ भनेर केही पनि उल्लेख गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?