+
+

दाङमा एक पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते ९:४५

४ भदौ, दाङ । दाङको शान्तिनगर गाउँपालिका–४को एकली खोलामा एक पुरुषको शव फेला परेको छ ।

उक्त शव बबई गाउँपालिका–३ का इन्द्रबहादुर भण्डारीको रुपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

भण्डारी परिवारलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनी सोमबार घरबाट हापुरे बजार जान भनेर हिँडेका थिए । तर उनी पातेटाकुराको एकली खोलामा मृत फेला परेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?