
४ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।
महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।
त्यसैगरी मंगलबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार ८ सय २० मा कारोबार भइरहेको छ । सोमबार र आइतबार दुवै दिन १ हजार ८ सय १० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4